Rule 10
बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले प्राप्त गर्ने सुविधा
(१) नियम ९ बमोजिम बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले निकासी गरिने वा स्वदेशमा नै परिवत्र्य विदेशी मुद्रामा बिक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियल समेत) मा लाग्ने महसुलवापत बैङ्क जमानत दिई पैठारी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बैङ्क जमानत दिंदा पैठारी गरिने मालवस्तुमा लाग्ने भन्सार महसुल, सोको पन्ध्र प्रतिशतले हुने थप रकम र ……….. हिसाव गरी हुन आउने रकम बराबरको बैङ्क जमानत दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दिइने बैङ्क जमानतको अवधि छ महिनादेखि एक वर्षसम्मको हुनु पर्नेछ । छ महिनाको बैङ्क जमानत दिएकोमा पछि म्याद थप गर्नु परेमा बढीमा छ महिनासम्म थप गर्न सकिनेछ ।
तर नियम १३ बमोजिम म्याद थप गरिएकोमा बैङ्क जमानतको म्यादसमेत सोही बमोजिम थप गर्नु पर्नेछ ।
(४) नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियलको हकमा उद्योग विभागले नेपालमा उत्पादन नहुने भनी प्रमाणित गरी बण्डेड वेयरहाउसको सुविधा दिन सिफारिस गरेको अवस्थामा मात्र यस नियमबमोजिम सुविधा दिइनेछ ।
(५) वण्डेड वेयर हाउसको इजाजतपत्र प्राप्त गरी करमुक्त पसल सञ्चालन गर्न स्वीकृति प्राप्त व्यक्तिले त्यस्तो करमुक्त पसलबाट बिक्री गर्नको लागि पैठारी गर्ने मालवस्तुमा लाग्ने महसुल बराबरको रकमको वैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । यसरी मालवस्तु पैठारी गर्दा विभागबाट त्यस्तो मालवस्तु र परिमाणको स्वीकृति लिनु पर्नेछ ।
(५क) उपनियम (५) बमोजिम पैठारी गर्ने मालवस्तुमध्ये मदिरा र चुरोट नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नियम ३ को उपनियम (२) बमोजिम गरेको सिफारिसको आधारमा विभागबाट कूटनीतिक तथा महसुल सुविधा दिन तोकिएको व्यक्ति वा निकायलाई मात्र बिक्री गर्न पाउनेछ ।
(६) बण्डेड वेयरहाउसको इजाजतपत्रप्राप्त उद्योगले आफ्नो उत्पादन खरिद गर्ने विदेशी क्रेतासँग गरेको सम्झौता अनुसार वाणिज्य विभागको सिफारिसमा बाइ ब्याक सम्झौता अन्तर्गत प्रतीतपत्र बिना विदेशस्थित क्रेताले बिना मूल्य पठाएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ पैठारी गरी सोबाट तयारी वस्तु बनाई उत्पादन प्रक्रियामा लागेको खर्च र मुनाफा मात्र भुक्तानी लिने गरी सोही क्रेतालाई वा वाणिज्य विभागको सिफारिस बमोजिम अन्य व्यक्तिलाई निकासी गर्ने भएमा त्यस्तो कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने भन्सार महसुल र ………. वापतको रकम बराबरको बैङ्क जमानत दिई पैठारी गर्न पाउनेछ ।
(७) उपनियम (६) बमोजिम मालवस्तु पैठारी गर्दा पैठारीकर्ताले पैठारीकै अवस्थामा वाणिज्य विभागले तोकेको शर्त र प्रक्रिया पूरा गरी प्रतीतपत्रबिना पैठारी गर्न दिन सो विभागले भन्सार कार्यालयका नाममा दिएको सिफारिसपत्र, विदेशी क्रेतासँग गरेको सम्झौता र बिना मूल्यको तर भन्सार प्रयोजनका लागि मूल्य खुलाइएको बीजक समेत प्रज्ञापनपत्र साथ संलग्न गर्नु पर्नेछ ।
(८) यस नियम बमोजिम बैङ्क जमानत दिंदा प्रचलित कानून बमोजिम बैङ्क जमानत जारी गर्न पाउने बैङ्क वा वित्तीय संस्थाले जारी गरेको बैङ्क जमानत दिनु पर्नेछ ।